Lhosar 2017

बेलायतमा बसोबाश गर्दै आएका सम्पूर्ण गुल्मेली गुरुङ्ग परिवार यू के ले २०११ देखिन स्थापना भएर अहिले सम्मा लगतार ल्होसार मनाउदै आएका छन र यो बर्ष पनि ल्होसार धुम्धाम ले मनाएका छन।

यसरी गुल्मी देखी बेलायतमा अाइ बसोबाश गर्ने गुल्मी का गुरुङ्ग हरु पनि बेलायत म प्रसस्तै रहिछन भन्ने कुरमा कुनै सन्देह रहेन। बेलायत अाइ बसोबाश गर्ने गुरुङ्ग हरु कोही बेलायती सैनिकमा अबकाश प्राप्त ब्यक्तित्त्व हुनुहुन्छ भने कोही हङ्ग कङ्ग देखी बेलायत अाइपुगेका गुल्मेली गुरुङ्गहरु हुन।

गुल्मेली गुरुङ्ग परिवार ले गत जनवरीको दिन बादर वर्गलाई बिदाई र चरा बर्गलाई स्वागत गर्दै धुमधामसंग ल्होसार मनाए । त्यसअवसरमा सबै गुल्मेली समुदायका झण्डै १ सय जनाको सहभागिता रह्यो ।

सो अवसरमा गुल्मेली गुरुङ्ग परिवारबाट विशेष उपलब्धी हासिल गरेका सदस्यहरुलाई सम्मानित पनि गरिएको थियो । विभिन्न यूनिभर्सिटीबाट ग्रेजुएशन गरेका छोराछोरीहरु खादा लगाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजकै सदस्यहरुबाट मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो।जसमा सोरठी नृत्य उत्कृष्ट थियो। कार्यक्रमको मध्यान्तरमा राफल ड्र गरिएको थियो । आफ्नो संस्कृतिको जगेर्ना र यूवा वर्गलाई त्यसप्रति अझ बढी आकर्षित गर्ने उद्देश्यले महिला र पुरुष दुवैतर्फ सर्बोत्कृष्ट पहिरन लगाउनेलाई पुरस्कृत पनि गरिएको थियो ।